‘आँखा’को टिजरमा नदी किनारका सुकुम्बासीको कथा-Sutra News

‘आँखा’को टिजरमा नदी किनारका सुकुम्बासीको कथा

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । असोज ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘आँखा’को टिजर सार्वजनिक भएको छ ।



जौन योञ्जन निर्देशित सोसल ड्रामा फिल्मको टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।

लामा सिनेमाजले निर्माण गरेको यो फिल्मले सामाजिक विषयवस्तु पेस गरेको छ। जहाँ नदी किनार ओगटेर बसेका सुकुम्बासी व्यवस्थापनको एउटा महत्वपूर्ण मुद्दालाई उठान गरेको बुझ्न सकिन्छ ।

मर्मस्पर्शी रुपमा देखाइएको टिजरले केही समयअघि थापाथलीको बागमती किनारका बासिन्दालाई हटाउन खोज्ने काठमाडौं महानगर र सुकुम्बासीबीचको झडप र रस्साकस्सीको क्षण सम्झाउँछ ।

टिजरबाट काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा टहरो बनाएर बस्दै आएका मानिस र उनीहरुलाई त्यहाँबाट हटाउन खोज्ने स्थानीय सरकारबीचको तनावमा केन्द्रित रहेको छ ।

फिल्ममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बरालको अभिनय छ । बाल कलाकारको भुमिकामा प्रसन राई रहेका छन् ।

निर्देशक योञ्जनकै कथा, पटकथा रहेको फिल्मका निर्माता पनि उनै हुन् ।

नारायणप्रसाद बराल कार्यकारी निर्माता रहेको फिल्ममा राम बस्नेत लाइन प्रोड्युसरको रुपमा छन् । रेनुका कार्की सह-निर्माता हुन् । यो फिल्ममा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन, आलोक शुक्लाको छायांकन, दीपक आरजे र जयन जे वाइवाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट