‘नाडा अटो शो’को मुख्य आकर्षण बन्दै ‘टाटा पञ्च डट ईभी’ गाडी-Sutra News

‘नाडा अटो शो’को मुख्य आकर्षण बन्दै ‘टाटा पञ्च डट ईभी’ गाडी

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । अटो मोबाइल्स अफ एशोसिएसन नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने ‘नाडा अटो शो’को मुख्य प्रायोजक टाटा मोटर्सले नयाँ गाडी सार्वजनिक गर्ने भएको छ ।



नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘नाडा अटो शो’ २०२४ मा प्रिमियम प्रोडक्टका रूपमा टाटा पञ्च डट ईभी सार्वजनिक गर्ने भएको हो । यो गाडी अन्य ब्राण्डका विद्युतीय सवारीभन्दा उत्कृष्ट देखिएको छ ।

विगत लामो समयदेखि उपभोक्ताको प्रमुख रोजाईमा पर्दै आएको टाटा मोटर्सले प्रविधि मैत्री सवारीको मागलाई मध्य नजर गर्दै आर्टिफियल इन्टेलिजेन्सको भ्वाइस कमाण्डमार्फत सञ्चालन गर्न सकिने टाटा पञ्च इभीको प्रि-बुकिङ खुल्ला गरेको छ ।

देशको अर्थतन्त्र सिथिल बन्दै जाँदा त्यसको सबैभन्दा ठूलो प्रभाव परेको अटोमोबाइल्स क्षेत्रलाई गतिशील बनाउन आयोजित नाडा अटो शोमा टाटाले विभिन्न प्रकारका सवारी साधन प्रदर्शन गर्ने तयारी गरेको छ ।

यसैबीच, टाटा पञ्च डट इभीको बारेमा जानकारी दिँदै सिप्रदी ट्रेडिङका श्रवण सिजापतीले आफूहरूले अन्य कम्पनीको भन्दा उत्कृष्ट शैलीमा उपभोक्ताको सेवा दिँदै आएको बताए । उनले टाटा पञ्च डट ईभीको प्रि बुकिङले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट