काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई जनताले औँलो ठड्याउने ठाउँ नदिने गरी काम गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताउँदै जनताले औँलो ठड्याउने गरी काम नगर्ने बताएका हुन् ।
उनले भने, ‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुने गरी काम गर्ने, अथवा प्रतिफल नदेखिने गरी काम गर्ने कुनै सुविधा छैन ।’
उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्प्पष्ट र दृढ रहेको स्पष्ट पारे ।