नेपाल समूह विजेता, बंगलादेश २-१ गोलले पराजित-Sutra News

नेपाल समूह विजेता, बंगलादेश २-१ गोलले पराजित

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । घरेलु टोली नेपालले साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशविरुद्ध २-१  गोलले विजयी भएको छ ।



बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जारी खेलमा नेपालका लागि समीर तामाङ र नीराजन धामीले एक-एक गोल गरे ।

बंगलादेशका लागि मिरजुल इस्लामले पेनाल्टीमा गोल फर्काए । यो खेलसँगै नेपाल समूह ‘ए’को विजेता टोली बनेको छ । आफ्नो पहिलो खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेका थिए ।

यसअघि समूह ‘ए’को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि श्रीलंका पराजित भएसँगै एक खेलअगाडि नेपालले सेमिफाइनल यात्रा तय गरिसकेको थियो । समूह चरण दुवै खेलमा जित निकाल्दै नेपाल समूह विजेता बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट