विद्युत प्राधिकरणमाथिको हस्तक्षेपबारे ओलीले भने– गोदान गरेको हो र सोधीखोजी नहुने ?-Sutra News

विद्युत प्राधिकरणमाथिको हस्तक्षेपबारे ओलीले भने– गोदान गरेको हो र सोधीखोजी नहुने ?

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरणमाथि कुनै हस्तक्षेप नगरिएको दाबी गरेका छन् । बक्यौता विवादमा उद्योगीसँग मिलेर सरकारले हस्तक्षेप गरेको भन्ने आरोपपछि ओलीले यस्तो दाबी गरेका हुन् ।



सरकार उद्योग चलाएरै बक्यौता उठाउने पक्षमा रहेको भनाई ओलीको छ । “उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ, बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ”, ओलीले भनेका छन्, “बक्यौता उठाउँछौं, तर उद्योग चलाएर ।”

विद्युत लाइन काट्ने र जोड्ने काम प्राधिकरणले नै गरेको भन्दै उनले सरकारले सुझाव मात्रै दिएको दाबी गरे ।

“सरकारले यसो गरे होला कि भनेर विद्युत् प्राधिकरणलाई सुझाव दियो, उहाँहरू आफैँले विद्युत् लाइन जोड्नुभयो, सरकारले जोडेको होइन”, ओलीले भनेका छन् ।

ओलीले प्राधिकरणलाई निर्देशन दिनै नहुने भन्ने पनि नरहेको बताए । “के गोदान गरेको हो र त्यो ? सोधीखोजी पनि गर्नै पाइँदैन ? सोधीखोजी गर्छ”, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट