काठमाडौं । भारत भ्रमण सकेर स्वदेश फिर्ता भएकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भ्रमण सफल भएको बताएकी छन् । उनी पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्केकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएरसँगै पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटको अवसरमा दुई देशबीच भएको सम्बन्धमा विचार आदानप्रदान गरेको जानकारी दिइन् ।
प्रधानमन्त्री मोदीसँगको भेटमा केपी ओलीका तर्फबाट नेपालमा राजकीय भ्रमणको निम्तो पेश गरेको जानकारी दिइन् ।
यस क्रममा उनले भारतीय समकक्षी डा. एस जयशंकरसँगको भेट व्यापार, पाहरवाहन, हवाई पञ्चेश्वर, सीमा पूर्वाधारलगायका विषयमा छलफल भएको जानकारी दिइन् ।