काठमाडाैं । संक्रणकालीन न्यायसम्वन्धी विधेयक (टीआरसी) संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट पनि पारित भएको छ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई बैठकले सर्वसम्मतरूपमा पारित गरेकाे हाे ।
यसअघि उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएलगत्तै माथिल्लो सदन राष्ट्रिय सभामा पेस भएको थियो ।
दुवै सदनबाट पारित भएसँगै अव विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै विधेयक लागु हुनेछ ।
पछिल्लो पटक २०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर अलपत्र विधेयकमा प्रमुख राजनीतिक दलकाे शीर्ष तहमा सहमति भएसँगै प्रकियामा प्रवेश गरेकाे थियाे ।