नक्कली शैक्षिक प्रमाण पत्र पेश गर्ने अहेवविरुद्ध मुद्दा दायर-Sutra News

नक्कली शैक्षिक प्रमाण पत्र पेश गर्ने अहेवविरुद्ध मुद्दा दायर

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत अहेव हिमा डुम्रे न्यौपानेको नक्कली प्रमाण पत्र रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



अख्तियारले न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको भन्दै मुद्दा दायर गरेको हो ।

न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण पत्र पेश गरी करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा.प.अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त भएको पाइएको भन्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट