आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

शुक्रबार, ७ भाद्र २०८१

शुक्रबार, ७ भाद्र २०८१

आज मिति २०८१ भदौ ७ गते शुक्रबार । सन् २०२४ अगस्त २३ तारिख । नेपाल सम्बत ११४४ गुंलागा चतुर्थी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ३८ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३३ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन मिश्रित फलदायी रहला । सन्तान एवम् प्रशंसकहरूको माध्यमबाट लाभ उठाउन सकिनेछ । तर, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउने योग छ । कुरा काट्नेको कमी नहोला । आकस्मिक यात्राको सम्भावना पनि छ यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष

दिन अलिक चुनौतीपूर्ण छ । आलस्य तथा थकानको अनुभव हुनेछ भने अप्रिय समाचारले मन खिन्न तुल्याउला । मानसिक तनावको सिर्जना हुन सक्छ, धैर्य राख्नु उचित हुनेछ । स्वास्थ्य पनि सामान्य तवरे कमजोर रहन सक्छ । खर्च बढ्नुका साथै विश्वास गरेको पात्रबाटै धोका हुन सक्छ । सन्तानसुख रहनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन

जोखिम बढ्ने र दौडधुप वृद्धि हुनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । अरुको मन सजिलै जित्न सकिने छ । पशुधनबाट विशेष लाभ लिन सकिने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ भने पराक्रम बढ्नेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

तपाईंको कामको उच्च मूल्याङ्कन हुने समय छ । बोलीको कदर होला । कुनै विशेष खुशीको समाचार सुन्न पाइनेछ । दीनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । प्रेमभाव र साहस वृद्धि हुनेछ । कर्मबल बढ्ने छ । साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण रहने छ ।

सिंह

दिन शुभदायी छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाबीच मिलन हुने समय छ । आजको दिन उद्योग र व्यापारमा विशेष फाइदा होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने योग छ । बिग्रिएका कामकुरा बन्ने छन् । सार्वजनिक कार्यक्रममा आकर्षण रहनेछ । पारिवारिक सुख बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या

विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुन सक्ने समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग भएकोले बोली रव्यवहारमा विशेष सजगता अपनाउनुहोला । व्यापारमा सामान्य हानी हुन सक्छ । कर्मचारी हुनुहुन्छ भने अपजश व्यहोर्नुपर्ला । आजको दिन यात्रा नगरेकै उचित हुनेछ । प्रतिभाको कदर हुनेछ । कार्यगति बढ्नेछ ।

तुला

आज विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेकाले सावधानीको दरकार छ । पारिवारिक समस्याले मनमा खिन्नता रहला । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ । मातापिताको स्वास्थ्यमा विशेष ध्यान दिनु उचित हुनेछ । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । व्यस्तता वृद्धि हुनेछ ।

बृश्चिक

आजको दिन आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला । पठनपाठनमा प्रगति हुनेछ भने नसोचेका कामहरु बन्ने छन् । विपरीतलिङ्गीबाट सहयोग मिल्ने योग छ । धन आर्जन गर्ने मौका मिल्ला । कर्मप्राप्तिको योग छ । रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

धनु

आजको दिन व्यावसायिक यात्राको सम्भावना छ, तर समय मनोरञ्जनपूर्ण रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । मित्रबन्धुको प्रगतिको समाचार सुन्न पाइएला । व्यवसायबाट राम्रै फाइदा उठाउने अवसर जुर्ला । प्रतिस्पर्धीहरूले हार खानेछन् । अनुलता बढ्नेछ । मिठो भोजन प्राप्तिका साथै रसरागको भाव वृद्धि होला ।

मकर

दिन त्यति सहज नरहला । सानातिना काम र घरेलु समस्यामा नै समय ब्यतीत हुनेछ भने काममा बाधाअडचन आउने योग छ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक कार्यमा भने सफलता मिल्नेछ । स्वास्थ्यमा सामान्य गडबडी देखिएला । अप्ठ्यारो पर्दा नियमकानूनले साथ दिनेछ ।

कुम्भ

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी पनि वृद्धि होला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने समय छ । व्यापारमा लाभ हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । धर्मकर्ममा रुचि बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेका लागि समय उत्साहप्रद देखिन्छ । आयबल बढ्ने छ । सुखविलास पनि वृद्धि होला ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट