काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिँदै छ ।
समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका व्यक्तिको बयान लिइसकेको छ । समितिले सरकारका विभिन्न निकायका अधिकारीहरूसँग छलफल गरेको छ ।
समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सूर्य थापाले बताएका छन् ।