माता नवदुर्गा बहुउद्देश्यीयको १८औँ वार्षिक साधारण सभा सम्पन्न-Sutra News

माता नवदुर्गा बहुउद्देश्यीयको १८औँ वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडाैं । माता नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुढानिलकण्ठ, काठमाडाैंकाे १८औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।



सम्पन्न साधारण सभाले सञ्चालक समितिबाट प्रस्ताव गरिएकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक प्रतिवेदन पारित गरेकाे छ ।

साथै, साधारणसभाले लेखा समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, लेखा परिक्षक नियुक्तीलगायत सम्बन्धमा पनि प्रस्तावहरू पारित गरेकाे साे संस्थाका अध्यक्ष पुष्कर चालिसेले जानकारी दिए ।

चालु आवसँगै संस्थाको सेयरपुँजी १ कराेड ५६ लाख ३६ हजार रूपैयाँकाे भएकाे छ भने निक्षेप १८ करोड २३ लाख ५३ हजार ५ सय रूपैयाँकाे भएकाे छ ।

यसैगरी, पुँजी तथा दायित्व २२ करोड ३१ लाख ८६ हजार ८६ रूपैयाँकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट