काठमाडौं । छायांकनमा जाने तयारी रहेको एक्सन-रिभेन्ज फिल्म ‘पिताम्बर’मा दयाहाङ राईको इन्ट्री भएको छ । अभिनेता दयाहाङ भित्रिएसँगै फिल्ममा कलाकारहरूको लाइनअप बलियो बनेको छ।
निर्देशक कृषा चौलागाईंले निर्देशन गर्ने दयाहाङले ‘पिताम्बर’ को निर्माण टिमसँग सम्झौता गरेका हुन् ।
फिल्ममा यसअघि नै सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, आर्यन सिग्देल, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी जस्ता कलाकारहरू अनुबन्धित भइसकेका छन् ।
अब यस फिल्ममा पहिलोपटक दयाहाङ, सौगात र प्रदीपएकसाथ देखिने भएका छन्। कलाकारको यो लाइनअपले फिल्म केही फरक र स्पेसल रहेको संकेत गरेको छ । यस फिल्ममा प्रदीप एक्सन भूमिकामा रहेको बताइएको छ ।
हाल वर्कसप चलिरहेको यस फिल्मको आगामी साताबाट दोस्रो चरणको छायांकन सुरु गरिँने भएको छ । पहिलो चरणको छायांकन गत वर्ष नवलपरासीमा भएको थियो ।
फिल्मको छायाँकन आउँदो सोमबारदेखि सुरू हुँदैछ। काठमाडौंबाट छायांकन सुरू गरिनेछ भने त्यसपछि टिम नवलपरासीतर्फ लाग्ने निर्देशक चौलागाईँले बताइन्।
फिल्ममा दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारी लगायतको पनि विशेष भूमिका रहनेछ । केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन्।
फिल्मको निर्माता विशाल चौलागाई हुन् । प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्मको लागत करिब ५ करोड रहेको बताइएको छ ।
यसअघि कृषाले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।
यो पनि पढ्नुहोस्