काठमाडौं । तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुबहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहप्रवक्तासमेत रहेका डिएसपी शैलेन्द्र थापाले जनाएअनुसार घटनास्थलबाट १४ जनाको शव निकालिएको हो ।
उनका अनुसार १६ जना घाइतेको भने उद्धार गरी स्थानीय अस्पताल पठाइएको छ ।
शुक्रबार बिहान साढे ११ बजे ५३ एफटी ७६२३ नम्बरको भारतीय बस मर्स्याङ्दीमा खसेको हो । पर्यटक बोकेको उक्त बस पोखराबाट काठमाडौं आउँदै गरेको थियो ।
जसमा ४० यात्रु रहेको अनुमान गरिएको छ । उद्धार जारी रहेको कारण अन्यको अवस्थाबारे भने पूर्ण जानकारी आएको छैन ।
घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टाेली परिचालित छन् ।
सम्बन्धित समाचार