पशुपतिनाथको दर्शन गर्न आएका थिए भारतीय पर्यटक-Sutra News

पशुपतिनाथको दर्शन गर्न आएका थिए भारतीय पर्यटक

शुक्रबार, ७ भाद्र २०८१

शुक्रबार, ७ भाद्र २०८१
फाइल फोटो

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरनी नजिकै ऐन पहराबाट मस्र्याङ्दीमा खसेको भारतीय बस भारतको गोरखपुरबाट आएको खुलेको छ । प्रहरीले जनाएअनुसार उनीहरु धार्मिक तिर्थाटनका लागि नेपाल आएका थिए ।



उनीहरु भैरहवा हुँदै पोखरा आएको र पोखरा घुमेर काठमाडौं पशुपतिनाथको दर्शन गर्न आएको देखिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन् ।

“दुर्घटनाको खबरपछि सोधीखोजी गर्दा उनीहरु ५ गते पोखराकै होटलमा बसेको पाइयो, सबै गोरखपुरबाट तीर्थाटनका लागि नेपाल आएको थाहा हुन आएको छ”, थापाले भनेका छन् ।

थापाका अनुसार उनीहरु पशुपतिनाथको दर्शनका लागि काठमाडौं आउँदै थिए ।

५३ एफटी ७६२३ नम्बरको बसमा ४१ जना यात्रु रहेको, एक जना चालक र एक सहचालक रहेको पाइएको उनले जनाए । यात्रु सबै भारतीय नागरिक नै रहेको पनि उनले बताए ।

“सबै पोखराको होटलमा बसेको रेकर्ड छ, उनीहरू भारतको गोरखपुरबाट आएको भन्ने जानकारी छ, सबै भारतीय नागरिक नै हुन्”, उनले भनेका छन् ।

उनका अनुसार बस शुक्रबार साढे ७ बजे पोखराबाट काठमाडौंका लागि छुटेको थियो । सो बस बिहान ११ बजे दुर्घटनामा परेको थियो ।

हालसम्म दुर्घटनास्थलबाट ३९ जनाको उद्धार भएको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनामा १४ जनाको मृत्यु भएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको उनले जनाए ।

हाल थप खोजीका १० जना गोताखोरसहित ४५ जनाको टोली उद्धारमा खटिएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट