‘देवी’को शिर्षक गीतमा नारीको पीडा-Sutra News

‘देवी’को शिर्षक गीतमा नारीको पीडा

शुक्रबार, ७ भाद्र २०८१

शुक्रबार, ७ भाद्र २०८१

काठमाडौं । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘देवी’को शिर्षक गीत सार्वजनिक भएको छ । तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक शिर्षक गीतमा रोहित शाक्य संगीत निर्माता तथा शब्द रचना, कम्पोज र स्वप्नील शर्माको स्वर छ ।



सार्वजनिक गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के मात्रै फिचर्ड छिन् । मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा बशिष्ठ घिमिरेको छायांकन, उज्जवल जोशीको कलर तथा सन्तोष दवाडीको सम्पादन रहेको छ ।

सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको देखिन्छ । सुरुमा उनी शास्‍त्रीय नृत्‍य गर्दै देखिएकी छन् । यो गीतले नारीको पीडा बोलेको छ ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा यो फिल्मका निर्देशक सञ्जोग राई हुन् । निर्देशक राईले अजय गौतमसँग मिलेर फिल्मको कथा लेखेका छन् । देवी’ निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।

फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट