काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेकाे संसदीय छानबिन विशेष समितिमा बयान दिन पुगेका छन् ।
शुक्रबार बसेको समितिकाे बैठकमा तत्कालीन गृहमन्त्रीसमेत रहेका लामिछाने बयान दिन पुगेका हुन् ।
समितिले लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बाेलाएकाे हाे ।
लामिछाने अघि समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग बयान लिएको थियाे ।
विशेषगरी सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएको रकमबारे लामिछानेसँग साेधखाेज गर्ने तयारी समितिकाे छ ।