प्रतिबन्ध खुलाउने निर्णयपछि टिकटकले भन्यो- हामी उत्साहित छौं-Sutra News

प्रतिबन्ध खुलाउने निर्णयपछि टिकटकले भन्यो- हामी उत्साहित छौं

शुक्रबार, ७ भाद्र २०८१

शुक्रबार, ७ भाद्र २०८१

काठमाडौं । टिकटकले नेपालमा लगाइएको प्रतिबन्ध हटाउने सरकारको निर्णयको स्वागत गरेको छ। शुक्रबार टिकटकका प्रवक्ताले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्ध हटाउने सरकारको निर्णयको स्वागत गरेका हुन् ।



‘यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं। नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं,’विज्ञप्तिमा भनिएको छ।

प्रतिभाशाली क्रियटर र व्यवसायीहरूका लागि याे निर्णय महत्वपूर्ण भएकाे टिकटकले बताएकाे छ । ‘हामी नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मञ्चलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं। किनकी हामीले नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले १० महिनाअघि टिकटकमाथि प्रतिबन्ध लगाउने गरेकाे निर्णय एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले खुलाउने निर्णय गरेकाे थियाे ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध शर्तसहित खोल्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट