एमालेसँगको सहकार्यलाई लिएर काँग्रेसभित्र प्रश्न-Sutra News

एमालेसँगको सहकार्यलाई लिएर काँग्रेसभित्र प्रश्न

सिटौलाले भने– गठबन्धन जोगाउने नाममा ग्राउन्ड बिर्सन मिल्दैन

शुक्रबार, ७ भाद्र २०८१

शुक्रबार, ७ भाद्र २०८१

काठमाडौं । साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक शुक्रवारदेखि पुनः सुरु भएको छ । शुक्रवारदेखि सुरु भएको बैठकमा यसअघिकै विषयसँगै समसामयिक राजनीतिक विषयले पनि प्राथमिकता पाएका छन् ।



बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन पनि छलफलकै चरणमा छन् ।

शुक्रवारको बैठकमा परराष्ट्र मन्त्रीसमेत रहेकी नेतृ आरजु राणा देउवाले भारत भ्रमणबारे बिफ्रिङ्ग गरेकी थिइन् । उनले भारत भ्रमण निकै उपलब्धिमूलक भएको बताएकी छिन् ।

“लक्किली मोदीजीसँग पनि भेट भयो, दुई ठूला दलको सहकार्यप्रति भारत निकै खुसी देखियो”, उनले बैठकमा भनेकी छिन्, “नेपालमा राजनीतिक स्थायित्व हुने वातावरण बनेको भन्ने बुझाई भारतको देखिन्छ ।”

उनले सरकारभित्र काँग्रेसको पर्फमेन्स निकै उत्साहजनक रहेको बिफ्रिङ्ग गरेकी छिन् । सँगै गठबन्धन सरकारले आन्तरिक र बाह्यरुपमा राम्रो सन्देश गएको बिफ्रिङ्ग गरेकी छिन् ।

यद्यपि, बैठकमा इतर पक्षले भने गठबन्धनको भविष्यलाई लिएर प्रश्न उठाएको छ । गठबन्धन अगाडि जाँदै गर्दा काँग्रेसको राजनीतिक के हुने भनेर प्रश्न गरेको छ ।

नेता कृष्णप्रसाद सिटौलाले गठबन्धन जोगाउन नाममा काँग्रेसको आधार सिध्याउन नहुने बताएका छन् । उनले गठबन्धनको फाइदा एमालेले मात्रै उठाउने अवस्था बनेकोसमेत तर्क गरेका छन् ।

“चुनावमा हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले नै हो, अहिले एमालेसँग गठबन्धन छ”, उनले बैठकमा भनेका छन्, “गठबन्धन–गठबन्धन भनिरहँदा आफ्नो ग्राउन्ड बिर्सन हुँदैन, एमालेसँगको सम्बन्ध के हो बिर्सन हुँदैन ।”

सिटौलाले सरकारमा हुने निर्णयमाथि ध्यान दिनुपर्ने बताएका छन् । केही निर्णयमाथि प्रश्न गरेका सिटौलाले एमाले मात्रै एक्लै हाबी हुन खोजेको त होइन भनी प्रश्न गरेका छन् ।

सिटौलाले जस्तै अन्य नेताले पनि कांग्रेस–एमाले सहकार्यलाई लिएर प्रश्न उठाएका छन् । विशेषगरी प्रतिस्पर्धी पार्टीसँगको सहकार्यमा आफ्नो रणनीति के हुने भन्नेमा ध्यान दिनुपर्ने नेताहरूको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट