नाडा अटो शोमा सार्वजनिक हुँदै एनआईयूको मोटरसाइकल-Sutra News

नाडा अटो शोमा सार्वजनिक हुँदै एनआईयूको मोटरसाइकल

शनिबार, ८ भाद्र २०८१

शनिबार, ८ भाद्र २०८१

काठमाडौं । नाडा अटो शोमा सार्वजनिक गर्ने तयारीका साथ एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक विक्रेता इको इन्फिनिटीले आरक्यूआई स्पोर्टस् मोडललाई सार्वजनिक गर्ने भएको हो ।



यस मोटरसाइकलको मूल्य नौ लाख ९९ हजार रुपैयाँ राखिएको कम्पनीले जनाएको छ । यस मोटरसाइकलमा पाँच किलोवाट आवरको ब्याट्री प्याक र ७.५ किलोवाट क्षमतको मोटर जडान गरिएको छ ।

जम्मा चार घण्टामा फुल चार्ज हुने मोटरसाइकलले एक पटकको चार्जमा सय किलोमिटरको रेञ्ज दिने छ । मोटरसाइकलमा पूर्णत एलईडी लाइट, डबल डिस्क ब्रेक, कि-लेस इन्ट्रि एन्टिलक ब्रेकिङ सिस्टम, जिपीएस, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायत फिचर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट