काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले लुकेर सवारी जाँच गर्ने क्रममा दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए । घटनामा बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
घटनामा ट्रकले स्कुटरलाई घिसारेको थियो । सोही क्रममा ओखलढुंगाको चिशंखुगढी नगरपालिका ४ रातमाटे घर भएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो ।
साउन ३१ गते बिहीबार भएको घटनामा मृतक कोइरालाको परिवारलाई समवेदना दिन नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भेट गर्न पुगेका छन् । उनी शनिबार दिउँसो पीडित परिवारलाई भेट्न पुगेका हुन् ।
कोइराला कांग्रेसले आह्वानमा भएको सशस्त्र क्रान्तिमा भएको ओखलढुंगा टिम्बुरबोटे काण्डमा सहिद भएका महेश कोइरालाका भाइ थिए ।