यो साता सुनको मूल्यमा भारी वृद्धि-Sutra News

यो साता सुनको मूल्यमा भारी वृद्धि

शनिबार, ८ भाद्र २०८१

शनिबार, ८ भाद्र २०८१

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता बजारमा सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको छ ।



साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि अघिल्लो शुक्रबार प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो साता चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भएको थियो । अन्तिम शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँ कामय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट