सहकारी प्रकरणमा दोषी ठहर भए राजनीति छाड्ने रवि लामिछानेको चुनौती-Sutra News

सहकारी प्रकरणमा दोषी ठहर भए राजनीति छाड्ने रवि लामिछानेको चुनौती

शनिबार, ८ भाद्र २०८१

शनिबार, ८ भाद्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्ने दाबी गरेका छन् ।



समितिमा बयान दिएर चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनले आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा आवाज उठाउने नेताले १०६ दिन बित्दासमेत केही गर्न नसकेको आरोप लगाए । यस क्रममा उनले आफूविरुद्ध कुनै प्रमाण आए राजनीति छाड्ने बताएका हुन् ।

लामिछानेले भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने स्पष्ट अडान रहेको जिकीर गरे । उनले भ्रष्टाचारीलाई जोगाउन हदम्यादसहितको विधेयकलाई बहुमतको बलमा अघि बढाउन खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए ।

भ्रष्टाचारका फाइललाई आफूले हिम्मतका साथ खोलेकाले हदम्यादको कुरा आएको उनको दाबी थियो । उनले दुई ठूला दल कांग्रेस र एमालेको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टि गर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट