प्रधानमन्त्री निवास नजिक युवाहरूले गरे प्रदर्शन-Sutra News

प्रधानमन्त्री निवास नजिक युवाहरूले गरे प्रदर्शन

शनिबार, ८ भाद्र २०८१

शनिबार, ८ भाद्र २०८१

काठमाडौं । प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न भन्दै युवाहरूको समूहले बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेका छन् ।



‘अब बोल्छ नेपाल’ लेखिएको ब्यानरसहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ⁠भ्रष्टाचारीलाई जोगाउने नियतले पाँच वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् ।

यस्तै विभिन्न प्रकरणलाई अघि बढाएर यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नु पर्ने, सबै नेताको सम्पत्ति छानविन गर्न स्वतन्त्र नागरिक आयोग गठन गर्नु पर्नेलगायत माग रोखका छन् । उनीहरुले विद्युत् प्राधिकरणले उठाउनु पर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट