देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ- ओली-Sutra News

देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ- ओली

शनिबार, ८ भाद्र २०८१

शनिबार, ८ भाद्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई देशमा महिला प्रधानमन्त्री बनाउने चाहना रहेको बताएका छन् । युथ कनक्लेभ २०२४ मा बोल्दै उनले आफूले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षामन्त्री, मुख्यसचिव बनाएको दाबी गरे ।



प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुष मात्रैको डेलिगेसन एक जना मात्रै बोलाएको छ, भने बेग्लै कुरा विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन, डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ, त्यो रुल अहिले मैले सरकारको बनाएको छु, महिलाहरुको लागि थुप्रै काम गरेको छ ।’

यस्तै उनले थपे, ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ, तर छिट्टै बनाउने तयारी बारेमा सोचिराखेको छु ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार काम गर्नका लागि बनेको दाबी गर्दै देशमा परिवर्तन ल्याउने उद्देश्यले आफू प्रधानमन्त्री बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट