आँबुखैरेनी बस दुर्घटनाका मृतकको शव भारत लगियो-Sutra News

आँबुखैरेनी बस दुर्घटनाका मृतकको शव भारत लगियो

शनिबार, ८ भाद्र २०८१

शनिबार, ८ भाद्र २०८१

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव
भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ ।



जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन् । जसमा दुई जनाको शव स्थल मार्गबाट लगिएको छ ।

पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो । १६ जना घाइते भएका थिए । मृतकको शव पोष्टमार्टम चितवनको भरतपुर अस्पतालमा गरिएको छ ।

२७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव आजै सेनाको जहाजबाट लागेको हो । राज्यमन्त्री रक्षा खड्से आजै नेपाल आएकी थिइन् । उनले काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएपछि चितवन पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट