काठमाडौं । क्यानडियन गायक जस्टिन बिबर पिता बनेका छन् । जस्टिन र हेली बिबरलाई पुत्र लाभ भएको हो ।
उनीहरूले आफ्नो सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । उनीहरूले छोराको नाम ज्याक ब्लूज राखेका छन् ।
जस्टिन र हेलीको इन्स्टाग्राममा गरिएको यो पोष्टलाई करोडौँले बधाई तथा शुभकामना दिएका छन् । जस्टिनले मोडलसमेत रहेकी हेलीसँग सन् २०१८ मा विवाह गरेका थिए ।