आज कर्कट, कन्या र मीन राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज कर्कट, कन्या र मीन राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

आज मिति २०८१ भदौ ९ गते आइतबार । सन् २०२४ अगस्त २५ तारिख । नेपाल सम्बत ११४४ गुंलागा षष्ठी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः३९ बजे भयो भने सूर्यास्त साँझ ५ः३१ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन उत्साहवर्द्धक रहला । धर्मकर्ममा रुचि बढ्नेछ भने खेलकुद एवम् कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय विशेष लाभप्रद देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ । प्रतिभाको कदर हुनेछ । रोकिएको धन उठ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष

सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिने समय भएपनि मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंको कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राकायोग छ भने नयाँ जिम्मेवारी हात पर्ने सम्भावना देखिन्छ । कर्मबल वृद्धिका साथै सन्तानसुख बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन

थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न होला । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सावधान रहनुहोला । पठन–पाठनमा त्यति समय दिन नसकिएला । आलोचनाको शिकार बनिएला । प्रतिकुलताका बाबजुद समस्याको समाधान भने प्राप्त हुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आर्थिक लाभको अवसर मिल्नेछ । सजिलै अरुको मन जित्न सकिएला । ग्रहको प्रभावले मनमा खराब बिचारहरुले डेरा जमाउन सक्नेछ । काममा रोकावट र मानसम्मानमा आघात पुग्ने सम्भावना रहेकोले विशेष सजग रहनुहोला । दौडधुप बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह

दिन शुभदायी छ । कामको उच्च मूल्याङ्कन हुनेछ भने बोलीको पनि कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दीनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । दामपत्यसुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति रहला ।

कन्या

साहस बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बिग्रिएको काम बन्नेछ । पराक्रमका साथै मान महत्व बढ्नेछ । आफन्तजनको साथ प्राप्त होला ।

तुला

समय केही चुनौतीयुक्त छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा पनि हानी ब्यहोर्नुपर्ने योग छ । कर्मचारी हुनुहुन्छ भने अपजस आइलाग्ला । आजको यात्रा पनि घातक बन्न सक्छ । सकभर यात्रा नगरेकै बेश हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । प्रेमभाव वृद्धि हुनेछ । साहसिक काममा आकर्षण रहला ।

बृश्चिक

व्यस्तता बढ्नेछ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ भने अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि नरहला । मातापिताको स्वास्थ्यप्रति मनमा चिन्ता जागृत होला । उच्च मनोबलका कारण सममस्याहरू टरेर जाने छन् ।

धनु

नसोचेका कामहरु बन्ने समय छ । राम्रै सफलता मिल्नेछ । आत्मविश्वास वृद्धिका साथै शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा पनि प्रगति होला । धन आर्जनको योग छ । पराक्रम बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

समय मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आफन्तजनको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका मिल्ला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने । पशुधन र जमिनबाट लाभ मिल्ने योग छ । धनबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्य सफल रहला ।

कुम्भ

सानातिना काममै समय व्यतीत हुने देखिन्छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ, सचेत रही कारोबार गर्नुहोला । दायित्व वृद्धि हुनेछ ।

मीन

परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी वृद्धि हुनेछ भने पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । शुभचिन्तकहरूले तपाईंका कमजोरीप्रति गुनासो गर्न सक्छन् । तथापि, वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट