काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रि ओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । गत बिहीबार एकल अंक ६.०१ अंकले बढेर बन्द भएको नेप्से आइतबारको प्रि सेसनमा १२.६० अंकले बढेको हो । प्रि सेसनमा नेप्से २९८७.०६ को बिन्दुमा उक्लिएको छ ।
प्रि सेसनमा ५१ हजार ११० कित्ता सेयर किनबेच हुँदा २ करोड ४९ लाख ८१ हजारको कारोबार भयो । प्रिसेसनमा ज्योति विकास बैंकको सबैभन्दा बढी ३६ लाख ६५ हजार बराबरको सेयर किनबेच भएको छ ।
प्रि सेसनमा कारोबारमा आएका १०५ कम्पनीमध्ये ६७ कम्पनीको मूल्य बढेको छ भने १८ कम्पनीको मूल्यमा सामान्य गिरावट आएको छ । २० कम्पनीको भने मूल्य स्थिर छ ।
विशेषगरी प्रि सेसनमा वाणिज्य बैंक, विकास बैंक र बीमा क्षेत्रका कम्पनीहरुको उत्साहपूर्ण सहभागि देखिएको कारण आजको कारोबार यीनै क्षेत्रले लिड गर्ने देखिन्छ ।
सुरुवाती उत्साहपूर्ण देखिएको कारण आज नेप्से ३ हजारको बिन्दु पार गर्न सक्ने सम्भावना छ ।