कुमारी बैंकका ग्राहकले दि ह्वाइट आर्क डेन्टलको सेवामा विशेष छुट पाउने-Sutra News

कुमारी बैंकका ग्राहकले दि ह्वाइट आर्क डेन्टलको सेवामा विशेष छुट पाउने

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच सेवामा सहकार्यसम्बन्धी सम्झौता भएको छ । जसअनुसार कुमारी बैंकका ग्राहकहरुले क्लिनिकको सेवामा छुट पाउनेछन् ।



बैंकले जनाएअनुसार बैंकको डेबिट/क्रेडिट कार्ड अथव क्यूआरबाट भुक्तानी गर्दा क्लिनिकको सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, क्लिनिकको चिकित्सकीय सल्लाह निःशुल्क पाउने पनि बैंकले जनाएको छ ।

यो सम्झौताले लक्षित ग्राहकहरुलाई सहयोग पुग्ने बैंकको अपेक्षा छ ।

विगत २३ बर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट