काठमाडौं । भारतीय राज्य विहारको देवघर तीर्थयात्रामा पुगेको नेपाली बस दुर्घटना भएको छ । शनिबार बिहान ११ बजे नेपालबाट गएको बस आइतबार बिहान ३ बजे दुर्घटना भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार राजमार्ग–२८ क्षेत्रमा दुर्घटना भएको हो । ४३ जना सवार बस दुर्घटना हुँदा २५ जना घाइते भएको जनाइएको छ । दुर्घटनाबाट घाइते नेपाली यात्रुहरू प्राथमिक उपचार सकेर फर्केका छन् ।
यही शुक्रबार भारतबाट नेपालमा तीर्थयात्रामा आएको बस दुर्घटना भएको थियो । भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीको ऐना पहरामा दुर्घटना हुँदा २७ भारतीयको मृत्यु भएको थियो ।
१६ जना घाइतेको काठमाडौंस्थि ित्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएसँगै भारतकी युवा मामिला तथा खेलकुद राज्य मन्त्री रक्षा निखिल खड्से नेपाल आएर घाइतेसँग भेट गरेकी थिइन् ।
उनी साँझ सैनिक विमानमार्फत आफ्ना मृतक नागरिकको शव लिएर स्वदेश फिर्ता भएकी थिइन् । उनी शनिबार बिहान नेपाल आएर साँझ फर्किएकी हुन् ।