बीवाईडीको अपग्रेड भर्सनमा एट्टो-३ गाडी सार्वजनिक, कति छ मूल्य ?-Sutra News

बीवाईडीको अपग्रेड भर्सनमा एट्टो-३ गाडी सार्वजनिक, कति छ मूल्य ?

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

काठमाडौं । सवारी साधनको बिक्री वितरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हुन लागेको ‘नाडा अटो शो’ नजिकिएसँगै नयाँ-नयाँ सवारी साधन सार्वजनिक भइरहेको छ । यस क्रममा नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नयाँ भर्सनको गाडी सार्वजनिक गरेको छ ।



साइमेक्सले २०२४ भर्सनको बीवाईडी एट्टो-३ एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । यसअघि बीवाईडीले नेपालमा विभिन्न भर्सनका गाडीहरू बिक्री गर्दै आएको थियो । नयाँ भर्सनको गाडी स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडीले जनाएको छ ।

चिनियाँ कम्पनी बीवाईडी नेपालमा भित्रिएको दुई वर्षभित्र करिब तीन हजारभन्दा बढी सवारी साधन बिक्री गर्न सफल भइसकेको छ । एट्टो- बढी रुचाइएको कम्पनीको दाबी छ ।

ड्राइभिङलाई थप राम्रो बनाउन बीवाईडी एट्टो-३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिएको छ । साथै, नयाँ फिचर थप गरिएको जनाएको छ । यस गाडीको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ । जसले आधुनिकता प्रदान गरेको छ ।

गाडीको रियर ब्याज अर्थात पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकोमा अब स्लिक खालको ‘बीवाईडी’ मात्र लेखिएको छ । डी-पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्नसहित सिल्भर कलरबाट स्टाइलिस ब्ल्याक कलर बनाएको छ ।

बीवाईडी एट्टो-३ को इन्फोटेनमेन्ट सिस्टममा १५.६ इञ्च बनाएको छ । गाडीलाई थप डिजिटल अनुभव दिलाउने छ । सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई-पर्फमेन्स कन्टिनेन्टल टायर राखिएको छ ।

नयाँ भर्सनमा थपिएको फिचर बीवाईडी एप हो । यसले गाडी धनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न सक्दछ । साथै, बीवाईडी एपमार्फत गाडीको रेञ्ज र पावर लेभल जाँच गर्न, टायर प्रेसर जाँच गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको थाहा पाउन सहज हुने छ ।

काठमाडौंको दरबारमार्गमा आयोजित लञ्च इभेन्टमा पूर्व बैंकर तथा पब्लिक स्पिकर अनिल केशरी शाह र प्रसिद्ध गायक वाङदेन फिन्सो शेर्पा, वरिष्ठ हास्य कलाकार एवम् बीवाईडी नेपालका ब्राण्ड एम्बेसडर हरिवंश आचार्यसहितको उपस्थिति थियो ।

यस भर्सनको गाडीको मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरेको छ । त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याकको गाडीको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट