हाउसफुलको सिरिजमा ज्याक्लिनले पाइन् निरन्तरता-Sutra News

हाउसफुलको सिरिजमा ज्याक्लिनले पाइन् निरन्तरता

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

काठमाडौं । अक्षय कुमार अभिनीत फिल्म ‘हाउसफुल’ सबैभन्दा लोकप्रिय कमेडी फ्रेन्चाइजी मध्ये एक हो ।



निर्माताहरु यसको पाँचौं फ्रान्चाइजी ल्याउने तयारीमा छन् र यसको घोषणा समेत भइसकेको छ । यस पटक अक्षय कुमार र रितेश देशमुखसँगै फरदीन खान पनि हुने भएका छन् । तर, यसैबीच, जैकलिन फर्नान्डेज प्रमुख अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताइएको छ ।

बलिउड हंगामाले अभिनेत्री जैकलिन हाउसफुल ५ मा देखिने दाबी गरेको छ । यस्तै फिल्ममा अन्य तीन मुख्य अभिनेत्रीको खोजी भइरहेको र यसको औपचारिक घोषणा छिट्टै हुन सक्ने उल्लेख गरिएको छ ।

निर्माता साजिद नाडियाडवाला रहेको यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, फरदीन खान र सञ्जय दत्त जस्ता स्टारहरू छन् । स्टारकास्टले फ्रन्चाइजीमा नयाँ उर्जा ल्याउने देखिन्छ ।

तीन सय करोडको निर्माण बजेट रहेको ‘हाउसफुल’ को पाँचौं सिरिज फ्रेन्चाइजीको सबै भन्दा महँगो फिल्म समेत हुने भएको छ । फिल्ममा ज्याकलिन अक्षय कुमारको अपोजिटमा देखिने बताइएको छ । ज्याक्लिन हाउसफुलको शुरुका तीन सिरिजमा रहेकी थिइन् भने चौथो सिरिजमा थिइनन् ।

यता, फिल्मका निर्माता साजिदले गत वर्ष यो घोषणा गरेका थिए । यसअघि यो फिल्म २०२४ को दिवालीमा रिलिज हुने तय भएपनि प्रदर्शन मिति पछि सारिएको छ ।

रिलिज मितिबारे एक विज्ञप्ति जारी गर्दै साजिद नाडियाडवालाले भनेका छन्, ‘हाउसफुल फ्रेन्चाइजले अहिलेसम्म दर्शकबाट धेरै माया पाइरहेको छ र हामी आशा गर्छौं कि हाउसफुल ५ ले पनि दर्शकको धेरै माया पाउनेछ।’

उनले थप लेखेका छन्, ‘टिमले एउटा उत्कृष्ट कथा सिर्जना गरेको छ, जसका लागि धेरै भिएफएक्स आवश्यक छ। यसैलाई ध्यानमा राख्दै हामीले फिल्मको प्रदर्शन मिति लम्ब्याउने निर्णय गरेका छौं ताकि दर्शकलाई मनोरन्जनको पाँच गुणा बढी खुराक दिन सकियोस्। हाउसफुल ५ अब जुन ६, २०२५ मा रिलिज हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट