सामान्य जीवनमा सुन्दा मजाक बाहेक केही लाग्दैन, विगततर्फ फर्किने कुरा । तर, विगतलाई सम्झेर जीवनलाई लयबद्ध बनाउँदै थप उचाइमा पुग्ने कुरा, हालसम्म मिथ्या कल्पना बाहेक केही होइन ।
हुन त ‘टाइम ट्राभल’बारे थुप्रै ‘रिसर्च’ नभएका होइनन् तर, ति रिसर्चले आकार लिन सकेका छैनन् । यदि ‘टाइम ट्राभल’को रिसर्चमा सफलता प्राप्त भएमा, त्यो मानव जगतमै ठुलो उथलपुथलकारी घटना हुनेछ ।
तर, यी कुरा धेरै पर र अहिलेका लागि कल्पनाभन्दा केही होइन । फिल्मका लागि कथा र उपन्यासका लागि सामाग्री भए पनि ‘टाइम ट्राभल’को विषय त्योभन्दा माथि पुग्न सकेको छ ।
अहिले नेपालको राजनीतिमा ७० वर्षीय वृद्ध पुष्पकमल दाहालले त्यस्तै कल्पना गरेका छन् । उनले १६ वर्षअघि अर्थात् २०६४ तर्फ फर्किने कल्पना आफ्ना नेता तथा कार्यकर्तालाई सुनाएका छन् ।
२०६४ तिर, युद्धबाट शान्तिपूर्ण राजनीतिमा आउँदै गर्दा भरभराउँदो त्यो राप ताप सामान्य थिएन । उनको चर्चा राष्ट्रिय राजनीतिमा मात्रै सीमित थिएन, अन्तर्राष्ट्रिय तहमै पनि एक ‘क्रान्तिकारी नायक’को उपमा समेत पाएका थिए ।
यद्यपि, त्यो राप तापलाई उनी आफैँले धूलिसाथ पारे । विगत १६ वर्षको अवधिमा उनले आफ्नो अनुहार यति धेरै कुरूप बनाएका छन् कि त्यो उपमा उनकै निम्ति रुखो आलोचनाभन्दा केही हुन्न । वैचारिक र राजनीतिक हिसाबले उनी धेरै पर पुगिसकेका छन् ।
तर, जे मुद्दा लिएर उनले युद्ध गराए, त्यही मुद्दालाई देखाएर सत्तामा रमाउनु बाहेक केही गरेनन् । अझै पनि उनी त्यही मुद्दालाई देखाएर बुढ्यौली उमेर केही मत्थर स्वरमा ‘अर्को क्रान्ति ल्याउने’ कल्पना सुनाइरहेका छन् ।
१६ वर्षको अवधिमा उनी धेरै पटक सत्ताको नेतृत्वमा पुगे । निरन्तर जसो सत्ताको नजिक पनि रहिरहे ।
तर, जे मुद्दा लिएर उनले युद्ध गराए, त्यही मुद्दालाई देखाएर सत्तामा रमाउनु बाहेक केही गरेनन् । अझै पनि उनी त्यही मुद्दालाई देखाएर बुढ्यौली उमेर केही मत्थर स्वरमा ‘अर्को क्रान्ति ल्याउने’ कल्पना सुनाइरहेका छन् ।
स्वास्थ्य विज्ञानले भनेअनुसार, बढौलीमा अघि बढ्दै गर्दा व्यक्तिमा अनेकन कल्पना आउँछन्, विगतलाई सम्झेर अनेकन पश्चात्ताप पनि गर्न मन लाग्छ । तर, त्यसले बाँकी समयलाई केही लयबद्ध गर्ला तर, विगतमै फर्काउँदैन ।
आज पुष्पकमलले पार्टी नेता तथा कार्यकर्तालाई त्यही कल्पनाको संसारमा पुर्याउँदैछन् ।
यसो भनिरहँदा, पंक्तिकार धेरै पूर्वाग्रही भयो कि भन्ने लाग्ला, तर यो पूर्वाग्रह होइन, यथार्थ हो ।
आमरूपमा उठाएका जनसवालका एजेन्डा के थिए ? के उनले ती एजेन्डालाई न्याय गरे ? के आज उनीसँग ती एजेन्डा जीवित छन् ? उनी आफैँले भन्ने विदेशी, दलाल र मण्डलेसँगको सहकार्य अनि एकतालाई के बुझ्ने ?
विगतमा उनले सांस्कृतिकरूपमा जस्तो स्कुलिङ गराए, के आज उनी आफैँ त्यो स्कुलिङमा छन् त ? के उनी, उनको परिवार र उनका नजिकका उस्तै छन् ?
व्यक्तिगत कुरा छाडौँ, राजनीतिभित्र उनको नीति के हो ? सायद, यो उनी आफैँले भन्न सक्दैनन् । विगतमा अन्य संसदवादी दलप्रतिको उनको बुझाई के थियो ? के भनेर नेता तथा कार्यकर्तालाई उनले स्कुलिङ गराएका थिए ?
आमरूपमा उठाएका जनसवालका एजेन्डा के थिए ? के उनले ती एजेन्डालाई न्याय गरे ? के आज उनीसँग ती एजेन्डा जीवित छन् ?
उनी आफैँले भन्ने विदेशी, दलाल र मण्डलेसँगको सहकार्य अनि एकतालाई के बुझ्ने ?
आफू केन्द्रित राजनीतिमा रमाउँदा पुष्पकमलले १६ वर्षमा पार्टी सङ्गठन मात्रै धूलिसाथ पारेनन्, आम जनता, योद्धा र सहिदका सपनालाई पनि धूलिसाथ पारे ।
तर अहिले उनी, आफैँले भत्काएको घरको थुप्रोमाथि बसेर, घर बनाउने होइन, त्यही पुरानै घर फर्किने कल्पना गर्दै छन् । विडम्बना भन्नुपर्छ, उनलाई कल्पना गर्न छुट छ तर, अरूलाई पनि त्यो कल्पना सुनाउँदै छन् ।
पुष्पकमलको मिथ्या कल्पनाहरू धोका भन्दा केही होइन । उनको कल्पना सुन्नुभन्दा हलिउडका ‘टाइम ट्राभल’का फिल्म हेर्दा अनि युनानी मिथक र सेक्सपियरको नाटकमा केही नयाँपन भेटिन सक्छ ।
अनौठो, उनले त्यो मिथ्या कल्पना सुनाउँदा ताली पिट्ने पनि छन् ।
तर, पुष्पकमलको मिथ्या कल्पनाहरू धोका भन्दा केही होइन । उनको कल्पना सुन्नुभन्दा हलिउडका ‘टाइम ट्राभल’का फिल्म हेर्दा अनि युनानी मिथक र सेक्सपियरको नाटकमा केही नयाँपन भेटिन सक्छ ।
जानी राखौँ, ‘टाइम ट्राभल’ सम्बन्धी दर्जनौँ फिल्मले ओस्कार पुरस्कार जितेका छन् । ती फिल्म हेर्दा, अझ रमाइलो हुनेछ । विज्ञानको नियमलाई बुझ्न थप सहज हुनेछ ।