स्रोत नखुलेको २४ लाखसहित भारतीय नागरिक पक्राउ-Sutra News

स्रोत नखुलेको २४ लाखसहित भारतीय नागरिक पक्राउ

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

काठमाडौं । सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख २५ हजार (२४ लाख ३८ हजार ९८४ नेपाली रुपैयाँ)सहित दुई भारतीय नागरिक पक्राउ गरेको छ ।



भारतको वैशाली जिल्ला हाजीपुर नगरपालिका ४ निवासी मोहन कुमार र ललन कुमारलाई प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । जलेश्वर नगरपालिका ३ मलिवारास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मले उनीहरूलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर रहेको बीआर ३१ एके ८८०७ को कारको डिक्कीमा लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट