बैङ्किङ क्षेत्रको विकृति नियन्त्रण गर्ने कानून बनाउन अर्थमन्त्रीको माग-Sutra News

बैङ्किङ क्षेत्रको विकृति नियन्त्रण गर्ने कानून बनाउन अर्थमन्त्रीको माग

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बैङ्किङ क्षेत्रमा देखा परेका विकृतिलाई नियन्त्रण गर्न प्रभावकारी कानून बनाउन आवश्यक रहेको बताएका छन् ।



सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाको अर्थ समितिमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा मन्त्री पौडेलले पछिल्ला दिनमा बैङ्किङ कसुर र चेक अनादरका घटना धेरै भएकाले विधेयक छिटो पास गरेर बलियो कानून बनाउनु पर्ने धारणा राखेका हुन् ।

बैङ्किङ क्षेत्रको चेक अनादरको समस्या समाधान गर्न यससम्बन्धी कानूनलाई प्रभावकारी बनाउँदै सजाय तोक्ने गरी विधेयक ल्याइएको उनको दाबी थियो । बैङ्किङ कसुर र चेक अनादरसम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन र अदालती कारबाहीसमेत सरल, व्यवस्थित, व्यवहारिक बनाउनु पर्ने उनको माग थियो ।

मन्त्री पौडेलले सहकारीबाट हुने कारोवारलाई समेत बैङ्किङ कारोबार मानेर विधेयकमा आवश्यक व्यवस्था गरिएको जानकारी दिए । सरकारले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधन गरी चेक अनादर (बाउन्स)को सजायलाई बैङ्किङ कसुर बनाउने प्रस्ताव गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट