काठमाडाैं । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की भारत भ्रमणका लागि उत्सुक देखिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएपछि उनी उत्सुक देखिएका हुन् । उनले युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने विश्वव्यापी कूटनीतिक प्रयासमा भारतले ‘महत्त्वपूर्ण’ भूमिका खेल्न सक्ने बताए ।
मोदीले युद्धग्रस्त युक्रेनमा नौ घण्टा बिताएका थिए । सन् १९९१ मा युक्रेन स्वतन्त्र भएपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण थियो ।
द्विपक्षीय वार्ताका क्रममा मोदीले जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका थिए । द्विपक्षीय वार्तापछि जेलेन्स्कीले भने, ‘प्रधानमन्त्री मोदीको भ्रमण ऐतिहासिक छ । यसले नयाँ सम्भावनाकाे ढाेका खाेल्न सक्छ ।’
यसअघि जुलाईमात्रै माेदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेका थिए ।
द्विपक्षीय वार्ताको क्रममा, मोदीले युक्रेन र रसिया दुबैले युद्ध अन्त्य गर्ने उपायहरू खोज्न कुनै पनि समय खेर फाल्न नहुने बताएका थिए । उनले भारतले सक्दाे सहयाेग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री मोदी शान्तिका पक्षमा दृढपूर्वक देखिएकाे भन्दै जेलेन्स्कीले युद्ध अन्त्यकाे सम्भावना भएकाे बताएका छन् । उनले वार्ताबाट निकै नै उत्साहित भएकाे प्रतिक्रिया दिएका छन् ।
माेदीले वातावरण मिलाएकाे खण्डमा जेलेन्स्कीकाे भारत भ्रमण हुने सम्भावना रहेकाे सञ्चार माध्यमले लेखेका छन् । एजेन्सीबाट