एकीकृत समाजवादीमा फेरि पहिरो, डा. मोजराज बगालेसहितकाे टिम एमालेमा-Sutra News

एकीकृत समाजवादीमा फेरि पहिरो, डा. मोजराज बगालेसहितकाे टिम एमालेमा

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

काठमाडौं । नयाँ केन्द्रीय समितिका सदस्यहरुले लिएकै दिन एकीकृत समाजवादीका केन्द्रीय तहका तीन नेताले पार्टी छाडेका छन् । आइतबार एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगालेसहित तीन नेता एमालेमा फर्किएका हुन् ।



एमाले फर्किनेमा प्रा.डा. बगालेसहित कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही रहेका छन् ।

तीनै जनालाई पार्टीका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।

परराष्ट्र सम्बन्धमा राम्रो जानकार रहेका बगाले नेपाल पिएचडि फाउण्डेशनका उपाध्यक्ष पनि हुन्। एमालेको विद्यार्थी राजनीतिबाट उदाएका उनी बौद्धिक वर्गमा राम्रो प्रभाव पार्ने नेताको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट