भारतमा बस दुर्घटना- ४७ नेपाली तीर्थयात्री घाइते, तीन जनाको अवस्था गम्भीर-Sutra News

भारतमा बस दुर्घटना- ४७ नेपाली तीर्थयात्री घाइते, तीन जनाको अवस्था गम्भीर

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

काठमाडौं । नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना हुँदा तीन जना गम्भीर घाइते छन् । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार रातिको दुर्घटनामा बाराको बारागढी गाउँपालिका ३ का ४५ जना घाइते भएका छन् ।



बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गम्भीर घाइतेमा देवनारायण पण्डित, सुवोध साह तेली र नौ वर्षीया बालिका रहेका छन् ।

ना ७ ख ६४४६ नम्बरको देव दर्शनको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको सापकोटाले बताए । सबै तीर्थयात्री बिहारको देवघर बाबाधाम तीर्थाटनका लागि पुगेका थिए ।

“बस दुर्घटनामा परेका सबै बारागढी गाउँपालिका ३ मूर्तिपलियाका रहेको जानकारी पाइएको छ,” प्रहरी नायव उपरीक्षक सापकोटाले भने । घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य निजी क्लिनिकमा उपचार भइरहेको छ ।

भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो । त्यसअघि उनीहरुले गाउँमा सामूहिक पूजापाठ गरेका बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट