काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलको खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा भुटानले एक गोलको अग्रता लिएको छ ।
पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा भुटानले नेपालविरुद्ध पहिलो गोल गर्दै अग्रता लिएको हो ।