काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलको खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले ७७ औँ मिनेटमा गोल गर्दै भुटानसँग एक–एक गोलको बराबरी बनाएको छ ।
पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा भुटानले नेपालविरुद्ध पहिलो गोल गरेको थियो । खेलको ७७ औँ मिनेटमा गोल गर्दै बराबरी बनाएको हो ।