‘होण्डा कार, दशैं उपहार’ अफर योजना सार्वजनिक-Sutra News

‘होण्डा कार, दशैं उपहार’ अफर योजना सार्वजनिक

आइतबार, ९ भाद्र २०८१

आइतबार, ९ भाद्र २०८१

काठमाडौं । नेपालमा होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।



यो योजनाअन्तर्गत ग्राहकले होण्डाको कार खरिदमा पाँच लाखसम्मको नगद छुट र दुई वर्षका लागि गाडीको इन्स्युरेन्स तथा कर निःशुल्क पाउने छन् । यसका साथै पाँच वर्षसम्म गाडीको सर्भिसिङ सुविधा पाइने कम्पनीले जनाएको छ ।

ग्राहकलाई सरल फाइनान्सको सुविधा दिन कम्पनीले आकर्षक ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरिद गर्न सकिने व्यवस्था मिलाएको हो ।

कम्पनीले निःशुल्क एसेसोरिज र स्पट एक्सचेञ्जको पनि सुविधा उपलब्ध हुने जनाइएको छ । कम्पनीले आफ्ना ग्राहकलाई रोड साइड एसिस्टेन्सको एक लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट