काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने भएको हो ।
सचिवालय बैठकका ‘एजेण्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्य योजना र समसामयिक राजनीतिक विषयका एजेण्डा तय गरेको छ ।
बैठकमा महासचिव पोखरेलसहित उपमहासचिव, सचिवहरू र कार्यालय सचिव सहभागी थिए ।