कृष्ण जन्माष्टमीको दिन तपाईंको दिन कस्तो, राशिफलमा के छ ?-Sutra News

कृष्ण जन्माष्टमीको दिन तपाईंको दिन कस्तो, राशिफलमा के छ ?

सोमबार, १० भाद्र २०८१

सोमबार, १० भाद्र २०८१

आज मिति २०८१ भदौ १० गते सोमबार । सन् २०२४ अगस्त २६ तारिख । नेपाल सम्बत ११४४ श्री कृष्ण जन्माष्टमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः४० बजे भयो भने सूर्यास्त साँझ ५ः३० बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

परिवारमा सुखको माहोल बन्ने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम मिल्नेछ । धन आर्जनको बाटो खुल्ने र सोचेका काममा सफलता मिल्ने योग छ । दिन खुशीले बित्ला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । आयबल बढ्नेछ । परिवारको सहयोग रहला ।

बृष

कार्यगति बढ्नेछ । दिन रमाइलो रहला । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको योग छ भने पुराना मित्रजनसँगको भेटघाटले मन हर्षित होला । यात्रागत कार्यबाट धन पनि आर्जन हुने देखिन्छ । मिहीनेतले काम बन्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन

आजको दिन केही चुनौतीयुक्त रहला । अर्थहानी र शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । अस्वस्थ अनुभूतिका कारण काममा सफलता पाउन गारो पर्ला । कुनै नयाँ समाचारले खुशीभन्दा खिन्नता दिलाउन सक्छ । सोचेअनुरुप काम नहुने योग छ, धैर्य राख्नु हितकर हुनेछ ।

कर्कट

आजको दिन अनुकुलता र प्रतिकुलताको मिश्रणका साथ बित्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ, तर महत्वपूर्ण काममा भने बाधा ब्यहोर्नु पर्ला । अरुको काम धेरै गर्नुपर्ला, जस पाउने सम्भावना भने कमै रहनेछ । परिश्रमअनुसार फल भने कम मिल्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला ।

सिंह

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । शारीरिक अस्वस्थताको सम्भावना रहेपनि नियमित कार्यमा ब्यवधान हुने छैन । बन्दव्यापारबाट लाभ मिल्नेछ भने पढाइलेखाइको कार्यमा सफलता मिल्नेछ । नयाँ काममा ध्यान दिए परिणामदायी हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्य सफल होला ।

कन्या

आज काममा जाँगर चल्नााले मनमा खुशी मिल्नेछ । आफन्त एवम् परिवारजनले पनि साथ दिने छन् । बौद्धिक कार्यबाट लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्ने योग छ, तर हानी हुनेछैन । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आरोग्यता रहनेछ । साझेदारीको काम बन्नेछ ।

तुला

सोचेजस्तो अनुकुल नरहला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुरा काटनेहरु सक्रिय होलान् । हातहतियारबाट जोगिएर काम गर्नु हितकर हुनेछ । ठूला व्यक्तिबाट आलोचना हुने सम्भावना छ । कसैसंग बादविवादको योग रहेकोले सतर्क रहनु उचित हुनेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सावधान रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव भने बलियो रहनेछ ।

बृश्चिक

व्यस्तता बढ्नेछ । काममा झमेलाको सामना गर्नुपर्ने समय छ । जागिरको कार्यमा केही अल्छीपन छाउला । तथापि, राजनीतिमा बर्चस्व बढाउन सकिने छ । आरोग्यता रहनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । कल्याणकारी कार्यमा मन लगाउनु हितकर हुनेछ ।

धनु

पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने समय छ । रोकिएको महत्वपूर्ण काम पूरा हुन सक्छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ जिम्मेवारी हात पर्न सक्छ । साझेदारीको काम बन्नेछ । महत्वपूर्ण कार्यमा मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर

काममा साथ(सहयोग मिल्ने र आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोजभतेरमा संलग्न भइएला । ठूला व्यक्तिको विश्वास सजिलै जित्न सकिने योग छ । बौद्धिक क्षमता प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । धन मान समृद्धि बढ्नेछ । रसरागका कार्य तथा प्रेममा सफलता मिल्नेछ ।

कुम्भ

दिन केही चुनौतीयुक्त छ । विवाद बढ्ने र धननाशको सम्भावना छ । सामाजिक मर्यादामा पनि संकटको अनुभूति होला । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । आफ्नै कमजोरीका कारण तनाव सिर्जना हनसक्छ । धैर्य राखेर व्यवहार गरे समस्याको समाधान मिल्नेछ ।

मीन

समय शुभदायी छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । नजिकका नातेदारको समर्थन मिल्ने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि तथा पशुपालनमा पनि फाइदा होला । आय र आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट