मोदीलाई शाहबाज सरिफले पठाए भ्रमणकाे निम्ताे, जालान् त पाकिस्तान ?-Sutra News

मोदीलाई शाहबाज सरिफले पठाए भ्रमणकाे निम्ताे, जालान् त पाकिस्तान ?

सोमबार, १० भाद्र २०८१

सोमबार, १० भाद्र २०८१

काठमाडाैं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तान भ्रमणको निम्तो पठाएका छन् । शरीफले शाङ्घाई कोअपरेशन अर्गनाइजेसन (एससीओ)काे सम्मेलनकाे मेलाेमा मोदीलाई निम्तो दिएका छन्।



पाकिस्तानी मिडिया रिपोर्टअनुसार एससीओकाे बैठक अक्टोबर १५ र १६ मा हुने छ। पछिल्लो आठ वर्षमा पाकिस्तानले भारतीय प्रधानमन्त्रीलाई निम्तो दिएको यो पहिलो पटक हो ।

पाकिस्तानको निमन्त्रणापछि अहिले तनावपूर्ण सम्बन्धका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तान जाने वा उनको ठाउँमा भारतको प्रतिनिधित्व गर्न मन्त्री पठाउने भन्नेमा विश्वको ध्यानाकर्षण भएको छ । वास्तवमा, अहिले एससीओको अध्यक्षता पाकिस्तानसँग छ।

मोदी कजाकिस्तान पनि गएका थिएनन्

एससीओकाे बैठक अक्टोबर १५ र १६ मा बस्ने ‘राष्ट्राध्यक्ष परिषद्’ पछिको दोस्रो महत्वपूर्ण निर्णय गर्ने निकाय हो। प्रायः प्रधानमन्त्री मोदीले राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिने गरेको भएपनि यस वर्षको जुलाई महिनामा संसदको अधिवेशनमा मितिको विवादका कारण उनी कजाकिस्तान गएका थिएनन् । त्यतिबेला विदेशमन्त्री एस जयशंकरलाई भारतको प्रतिनिधित्व गर्न पठाइएको थियो।

पाकिस्तानमा हुन लागेको सीएचजी बैठकमा उपस्थित नहुने नेताहरुलाई बैठकमा सहभागी गराउने वा नलिने भन्ने टुंगो लागेको छैन । भारत र पाकिस्तान दुवै एससीओका पूर्ण सदस्य हुन्।

यो संगठन चीन र रुसको नेतृत्वमा छ, त्यसैले भारत यसप्रति निकै सजग छ । यस संगठनमा चीनको प्रभाव नबढोस् भन्नेमा भारत चाहन्छ, यदि यस्तो भयो भने यसले पश्चिमा विरोधी संगठनको रूप लिन सक्छ ।

भारतले अहिलेसम्म कुनै निर्णय गरेको छैन

भारत र पाकिस्तानबीच लामो समयदेखि तनाव चलिरहेको छ, तर पनि केही मुद्दामा भारत र पाकिस्तानले सहकार्य गर्न सफल भएका छन् ।

पाकिस्तानका तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले सन् २०२३ मा भारतभित्र भएको एससीओ बैठकमा भाग लिएका थिए । यसपटक भारतको तर्फबाट सीएचजी बैठकमा को–को सहभागी हुने भन्ने विषयमा हालसम्म कुनै निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट