काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार सुन र चाँदी दुवैको भाउ घटेको छ ।
महासंघका अनुसार आइतबारको तुलनामा आज प्रतितोला १०० रुपैयाँले सुनको मूल्य घटेको छ । आज प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा सुनको खरिद–बिक्रीको भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य घटेसँगै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघले जनाएअनुसार आज स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँ मूल्य कायम भएको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २५१० डलर छ । आइतबार तुलनामा अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ ।
अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्यको घटबढ स्थानीय बजारमा पर्ने गरेको छ । जसको प्रभाव स्वरुप स्थानीय बजारमा पनि मूल्य घटबढ भइरहेको छ ।
यद्यपि, पछिल्लो समय मध्यपूर्वमा बढ्दो संकटका बीच अन्तराष्ट्रियरुपमै सुनको माग बढ्दा मूल्य क्रमशः आकासिन थालेको छ ।