काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी, कार्यकारिणी र केन्द्रीय समितिलाई पूर्णता दिएकाे छ । पार्टी महाधिवेशन भएकाे साढे दुई महिनापछि पार्टी अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी, कार्यकारिणी र केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् ।
महाधिवेशन अध्यक्षको मात्रै टुंगो लगाएर सकिएको थियो । र, त्यसपछि पदाधिकारी मनोनीत गर्ने सर्वाधिकार अध्यक्ष यादवलाई नै दिएको थियो ।
साेहीअनुसार अध्यक्ष यादवले बाँकी टिमलाइ पुर्णता दिएका हुन् ।
सोमबार जारी निर्णयअनुसार सह–अध्यक्षमा रकम चेम्जोङ चयन भएका छन् । त्यस्तै, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्य रहेका छन् ।
यस्तै, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव रहेका छन् ।
सचिवहरूमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, लाक्पा शेर्पा र कमरुद्धीन राई रहेका छन् । कोषाध्यक्षमा सुरिताकुमारी साह रहेकी छिन् ।
कार्यकारिणी सदस्यहरुमा हरिनारायण यादव, अर्जुन थापा, डा.सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, डा.कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, राजकुमार गुप्ता, जयराम यादव र रामकिशोर यादव रहेका छन् ।