‘नाडा अटो शो’को सम्पूर्ण तयारी पूरा-Sutra News

‘नाडा अटो शो’को सम्पूर्ण तयारी पूरा

सोमबार, १० भाद्र २०८१

सोमबार, १० भाद्र २०८१
फाइल तस्विर

काठमाडौं । सवारी साधन प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’को सम्पूर्ण तयारी पूरा भएको छ । प्रदर्शनी भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो ।



नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको मेला यो वर्ष भोलिदेखि ६ दिनसम्म चल्ने छ । मेलामा विभिन्न ब्राण्डका सवारी साधनको प्रदर्शनी हुनेछ ।

६ दिनसम्म चल्ने मेलाका लागि २४ वटा ब्राण्डका चार पांग्रे, १९ ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन हुनेछ । यस्तै, यो मेलामा बैंकहरूले पनि आफ्नो प्रदर्शन गर्ने भएको छ ।

नाडा अटो शोमा लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समेत सहभागी जनाउने भएको छ । बैंकले सवारी खरिद गर्ने ग्राहकका लागि सुविधा दिने तयारी गरेको हो ।

यस प्रदर्शनीमा विश्व स्तरीय ब्राण्डका गाडीहरू प्रदर्शन हुने अपेक्षा गरिएको छ । यसका साथै विद्युतीय सवारी साधनको प्रदर्शनीले ठूलो प्रभाव पार्न सक्ने देखिएको छ ।

मेलाको बारेमा जानकारी दिन राखिएको पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष करण कुमार चौधरीले अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने जानकारी दिएका थिए । यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट