रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण-Sutra News

रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण

सोमबार, १० भाद्र २०८१

सोमबार, १० भाद्र २०८१

काठमाडौं । रुसको साराटोभमा ३८ तले आवासीय भवन ‘भोल्गा स्काई’सँग ड्रोन ठोक्किएको छ । घटनामा चार जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।



रोयटर्सका अनुसार सोमबार रसियामा २० ड्रोनहरू प्रहार गरिएको थियो । तीमध्ये अधिकतम ९ साराटोभमा हानिएको थियो । मस्कोका गभर्नरले युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । यसबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

आक्रमणबाट भवनको ठूलो हिस्सामा क्षति पुगेको छ । आक्रमणबाट भवन मुनी पार्किङ गरिएका २० भन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

साराटोभ युक्रेनको सीमाबाट ९०० किलोमिटर टाढा छ । यस आक्रमणपछि सबै प्रकारका हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा ड्रोन ‘भोल्गा स्काई’ भवनतर्फ तीव्र गतिमा अघि बढिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट