चितवनमा झण्डै ६ सय जनामा डेङ्गी सङ्क्रमण-Sutra News

चितवनमा झण्डै ६ सय जनामा डेङ्गी सङ्क्रमण

सोमबार, १० भाद्र २०८१

सोमबार, १० भाद्र २०८१

काठमाडौं । चितवनमा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार ३९४ जनाको परीक्षण गर्दा उनीहरूमा डेङ्गी सङ्क्रमण देखिएको हो ।



सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन् । बाँकी एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।

साउनयता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा दुई सय ३६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरमा एक सय सात सङ्क्रमण देखिएको केसीले जानकारी दिए ।

यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट