आफूविरुद्ध नारा लागेपछि देउवाले भने- लाज छैन, अर्काको कार्यक्रम बिथोल्ने ?-Sutra News

आफूविरुद्ध नारा लागेपछि देउवाले भने- लाज छैन, अर्काको कार्यक्रम बिथोल्ने ?

सोमबार, १० भाद्र २०८१

सोमबार, १० भाद्र २०८१

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा पुगेर रिसाएका छन् । सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौरा मनाउन टुँडिखेल पुगेका उनी आफूविरुद्ध नारा लगाएपछि रिसाएका हुन् ।



गौरा पर्वको शुभकामना दिन मञ्चमा पुगेसँगै उपस्थित युवाहरूले उनीविरुद्ध नारा लगाएका थिए । यस क्रममा देउवाले ‘हल्ला गर्दै गर्नुस्, म आफ्नो कुरा राख्छु’ भनेका थिए ।

हल्ला बढ्न थालेसँगै देउवा भने, ‘लाज छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको हो बकवासहरू ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले गौरा पर्व बिथोल्ने घुसपैठ भएको आरोप लगाए । ‘यहाँ गौरा पर्व मनाउन आएका छन्, यहाँ न अरूको कुरा सुन्छन्, न देउडा खेल्न दिन्छन्, अरूको कार्यक्रम बिथोल्नेहरू छन्,’ देउवाले थपे, ‘यस्तालाई जनताले ठिक पार्नु पर्छ ।’

देउवाले सुदूरपश्चिमको संस्कृतिलाई चिनाउन गौरा पर्व महत्वपूर्ण रहेको बताउँदै एकता राख्न पर्वको महत्व रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट